सेयर माग गर्दै चिलिमेका कर्मचारी आन्दोलित


पुस २०, २०७२- चिलिमेमा कार्यरत कर्मचारीलाई छुट्याइएको संस्थापक सेयरमा नेपाल विद्युत प्राधिकरणका ठूला कर्मचारी हावी भएको भन्दै  चिलिमे आयोजनामा कार्यरत कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

समानुपातिक ढंगले सेयर वितरण गर्न माग गर्दै चिलिमे जलविद्युत कम्पनी कर्मचारी युनियनको नेतृत्वमा आन्दोलन सुरु गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अधिकतम लगानीमा निर्माणाधीन सान्जेन जलविद्युत कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३८ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, रसुवा जिविस र १८ गाविसको ३ प्रतिशत लगानी छ । सान्जेन जलविद्युत कम्पनीको सेयर संरचना अनुसार संस्थापक कर्मचारीलाई छुट्याइएको ३ शदमलव ५ प्रतिशत शेयर प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, जिविस र १८ गाविसका कर्मचारीहरुलाई एकै ठाउँमा राखि अवैधानिक तवरबाट बाँडफाँड गर्न लागेको युनियनको दावी छ ।

चिलिमे कम्पनीको लगानीको आधारमा चिलिमे जलविद्युत कम्पनीका कर्मचारीलाई छुटै प्रतिशत सेयर छुट््याउन पटक–पटक पत्रानुसार कम्पनी व्यवस्थापन तथा चिलिमे संचालक समितिमा पत्राचार गरिएको युनियनले जनाएको छ । उक्त मागलाई व्यवस्थापनले बेवास्ता गरेपछि कर्मचारी यूनियन बाध्य भएर आन्दोलनमा उत्रनु परेको युनियनका उपाध्यक्ष सुवर्ण सिंह कुँवरले बताए । लगानीको अनुपातमा सात दिन भित्र चिलिमे जलविद्युत कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुटै शेयर प्रतिशत छुट्याई सुनिश्चित नभए यूनियनले दवाव मुलक आन्दोलन थाल्ने उपाध्यक्ष कुँवरले बताए ।

कर्मचारीको माग पूरा नभए विद्युत उत्पादनका कार्य समेत अवरोध गर्ने युनियनले जनाएको छ । नेपाल विद्युत प्राधिकरणमा १६ हजार कर्मचारी छन् भने चिलिमेमा १ सय कर्मचारी कार्यरत रहेको युनियनले जनाएको छ । चिलिमे कम्पनीका प्रशासकीय अधिकृत रामगोपाल सिवाकोटीले कर्मचारीहरुले ठूलो भाग खोजेर आन्दोलन गरेको बताए । ‘सबैलाई मिलाएर सेयर दिने भनेको छ,’ उनले भने, ‘उनीहरुलाई ठूलोभाग चाहिएको हो । अरु केही होइन् ।’ सान्जेन तल्लो र माथिल्लो गरी ५७ मेगावाट क्षमताको कम्पनी हो ।

Exclusive News : यो पनि पढ्नुहोस

Leave a Facebook Comments

Your comments here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

wordpress