सडकमा चालकमाथि बुटैबुटले हान्ने ट्राफिक प्रहरीहरूको जिम्मेवारी खोसियो

११ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकल चालकलाई कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि अनुसन्धान भइरहेको जनाएको छ।

ट्राफिक प्रहरीले एक जनालाई लात्तैलात्ताले हानेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सोही भिडियोको सन्दर्भमा कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटनामा संलग्न ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान भइरहेको जानकारी दिएको हो।

उक्त घटना २०८१ मंसिर २३ गते सुन्धाराको आकाशे पुलमुनि भएको पनि कार्यालयले जनाएको छ।

‘प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ कार्यालयले भनेको छ।

@digitalkhabar.com

ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडियो काठमाडौं उपत्यकाकै रहेको जस्तो देखिन्छ । सडकमा बाक्लो भिडभाड र कीर्तिपुर यातायात लेखेको बस समेत देखिएका कारण भिडियो काठमाडौं उपत्यकाकै हुनसक्ने आशंका गरिएको हो । #trafficpolice #kutakut #digitalkhabar भिडियो: सामाजिक संजाल

♬ original sound – 🅳🅸🅶🅸🆃🅰🅻 🅺🅷🅰🅱🅰🆁

You May Also Like

More From Author

+ There are no comments

Add yours