११ वैशाख, काठमाडौं । लक्जरी ईभी ब्रान्ड दिपलका लागि आधिकारिक विक्रेता एमएडब्लुवृद्धि अटो कर्पले ‘अनमिसेबल प्रि–बजेट अफर’ घोषणा गरेको छ।
बजेट आउनुअघि सीमित अवधिका लागि सार्वजनिक गरिएको यो अफर अन्तर्गत ग्राहकले अहिलेसम्मकै राम्रो नगद छुट, पुरानो गाडीमा आकर्षक एक्सचेञ्ज बोनस, निशुल्क रोड ट्याक्स र कम्प्रिहेन्सिभ बीमा प्राप्त गर्नेछन्।
मात्र २० प्रतिशत डाउनपेमेन्टमा ८.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध छ। साथै, ग्राहकले निःशुल्क ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर समेत पाउनेछन्।
एक वर्षमै ८०० भन्दा बढी युनिट बिक्री भइसकेको दिपलले एस०७, एस०७एल, एल०७ र ई०७ मोडेलमार्फत १० भन्दा बढी ‘इन्डस्ट्री–फस्र्ट’ फिचर उपलब्ध गराउँदै इभीको परिभाषा फेरेको छ।
+ There are no comments
Add yours