वरुथिनी एकादशी व्रतको धार्मिक महत्व!

११ बैशाख, काठमाडौँ । मिति २०८२ साल वैशाख ११ गते बिहिबार बैशाखकृष्णपक्ष वरुथिनी एकादशी तिथी प्रात: १० / २३ बजेसम्म रहेको छ।त्यस उप्रान्त द्वादशी तिथि भएकोले यो दिन नदीमा अथवा जुनसुकै जलासय भएको सफा क्षेत्रमा भगवान श्रीबिष्णुको स्मरण गरेर स्नान गर्नुपर्दछ।

“यथा ते माधवो मासो वल्लभो मधुसूदन।
प्रात :स्नानेन मे तस्मिन् फलद :पापहा भव।।”

अर्थात् – मधुसूदन !माधव बैशाख महिना हजुरको बिशेष प्रिय छ ,यसैले यसमा बिहान स्नान गर्नाले हजुर शास्त्रले बताएको फल प्रदानगरेर मेरो पापहरु नाश गर्नुहोस भनि नदीको किनारबाट जल सेचनगरी गोडा धोएर त्रिपथगामिनी गंगाजीलाई नमस्कार सात पटक गरेर हातमा जललिइ चार ,छ अथवा सात पटक मुख धुनु पर्दछ।त्यसपछि शरीरभर माटोदली स्नान गरेर अनि गंगाजीको जल आचमन गरेर शुद्ध सेतो धोति या वस्त्र धारण गरेर सम्पूर्ण देवताहरु ,यक्ष ,नाग ,गन्धर्व ,अप्सरा ,असुरगण ,सर्प ,गरुड ,बृक्ष ,जीवजन्तु ,पक्षि ,सवैलाई तर्पण गरिसकेर पुरुषले जनाई र महिलाले सेतो रुमाल माला जसरी लगाएर ऋषि ,दिव्य मनुष्यहरुलाई तर्पण गर्नुपर्दछ।त्यसपछि अपशव्य भएर पितृहरुलाई तर्पण गरिसकेर शव्य भएर आचामनगरी सूर्यनारायणलाई रातो फूल ,रातो चन्दनले पूजा गरेर अर्घ दिएर सात पटक नमस्कार र जलले प्रदक्षिणा गर्नुपर्दछ।त्यसपछि ब्राह्मण ,गाई र सुनलाई स्पर्श गरेर घरमागएर अतिथिहरुको सत्कार सकेर भगवान मधुसूदनको यो महिनामा पूजा अर्चना गर्नुपर्दछ।यसरी जसले पूजा गर्दछ भने उसले एक वर्षसम्म श्रीमाधव भगवानको पूजा -अर्चना ,अन्न ,जल ,शखर ,गाई ,तिल आदिको दान वैदिक ब्राह्मणलाई दिनुपर्दछ।जसले बैशाख महिनाभर इन्द्रियलाई जितेर स्नान भगवानको नाम जपेर एक छाक मात्र भगवानलाई चड्ने भोजन चढाएर खान्छ भने उसको सारा पापहरु नाश भै त्यो मोक्ष हुनेछ।

वरुथिनि एकादशीको व्रतको प्रभावले मान्धता र धुन्धुमार राजा स्वर्ग गएका थिए।जसले यो एकादशीको व्रत बस्दछ त्यसले बिद्दादान गरेको फल प्राप्त गर्दछ।यो दिन दान,धर्म गर्नुपर्दछ तर यदि कसैले कन्याको धनले कार्य गर्दछ भने

“कन्या वित्तेन जिवन्ति ये नरा :पापमोहिता :/
पुण्यक्षयात्ते गच्छन्ति निरयं यातनामयम्।।”

अर्थात् – जो मानिस पापले मोहित भएर कन्याको धनले जीविका चलाउँदछ भने उसको पुण्यनाश भएर यातनामय नरकमा जानुपर्दछ।त्यसैले कन्याको धन छुनु हुन्दैन।व्रतलिने मनुष्यहरुले दशमीको दिन काँस भाँडोमा भोजनगर्नु ,मुसुरो,चना ,कोदो ,साग ,मह ,अरुको अन्न ,दुइ पटक भोजन मैथुन छोड्नु पर्दछ। एकादशीको दिन जुवा खेल्नु ,निदाउनु ,पान खानु ,परदेश जानु ,दाँत माझ्नु ,साबुन छुनु ,चोरी गर्नु ,हिंसा गर्नु ,अर्काको निन्दागर्नु ,मैथुन गर्नु ,क्रोध गर्नु ,तेल खानु ,व्यायाम गर्नु आदि त्याग्नुपर्दछ।यो दिन रातभर मधुसूदन भगवानको पूजा गरेर जाग्राम बस्नाले पापहरु नाश भएर मोक्ष हुनेछ।यो पढ़नाले र सुन्नाले पनि हजार गाई दानगरेको फल प्राप्तगरी अन्त्यमा मुक्त भएर बैकुण्ठमा बस्न पाउनेछ।
पं-बालमुकुन्द देबकोटा
सदस्य,सनातन विद्वत्
परिषद् नेपाल!

You May Also Like

More From Author

+ There are no comments

Add yours