उषा भण्डारी र प्रशिक्षक जगदिश भट्ट सम्मानित

१० वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी सदस्य उषा भण्डारी र भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्ट सम्मानित भएका छन् ।

शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारदेखि सुरु आठाैं केएनपी नेरोल्याक महिला राष्ट्रिय भलिबल प्रतियोगिताको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

दुवै जनालाई नगद ५० हजनरसहित सम्मानित गरियो । प्रतियोगिताको उद्घाटनको अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले सम्मान गरे ।

उषा हाल भलिबल खेल्न हङकङमा रहेकोले उनको बुबा र आमाले सम्मान ग्रहण गरेका थिए ।

बुधबार देखि सुरु प्रतियोगितामा तीन विभागीयसहित ५ टोलीको सहभागिता छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours