१० वैशाख, कास्की । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार मंगलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो । ‘अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ,’ आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।
‘सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौैँ,’ सुवेदीले भने । निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ४८ करोड रुपैयाँमा सडक निर्माणको सम्झौता भएको हो ।
+ There are no comments
Add yours