१० वैशाख, काठमाडौँ । इसेवाले डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रुपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ ।
इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर सार्वजनिक गरेको छ । उक्त अफर २०८२ साल वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।यस अवधि भरि इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुई जना भाग्यशाली प्रयोगकर्ताले ५–५ हजार रुपैयाँको बोनस जित्न सक्नेछन् भने एक जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् । यस अफर अन्तर्गत यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा यूआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट) गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि स्वतः योग्य हुनेछन।
हाल इसेवामा नेपालका सबै प्रमुख बैंक तथा वित्तीय संस्थाहरू साझेदार रहेको कम्पनीले जनाएको छ । सहज ट्रान्सफरसँगै प्रयोगकर्ताहरूले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, तथा एजेन्ट सेवा जस्ता माध्यमबाट सहज र सुरक्षित रूपमा इसेवामा रकम लोड गर्न सक्ने बताएको छ । सहज डिजिटल भुक्तानी प्रणालीको पहुँचलाई देशभर विस्तार गर्ने लक्ष्य लिएको इसेवाले नेपालको डिजिटल कारोबारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको कम्पनीले बताएको छ । साथै, करोडौ प्रयोगकर्ताहरूलाई सरल, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउँदै आएको कम्पनीले यो नयाँ अफरमार्फत बैंक ट्रान्सफर गर्दा दैनिक तथा बम्पर बोनस जित्न सकिने अवसर पनि प्रदान गरेर प्रयोगकर्तालाई थप उत्साहीत बनाएको जनाएको छ ।
+ There are no comments
Add yours