यस्तो हुनेछ एप्पलको फोल्डेबल आइफोन

०८ वैशाख, एजेन्सी । आगामी वर्ष सन् २०२६ मा एप्पलले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यद्यपि यसबारेमा एप्पलले आधिकारिक रुपमा कुनै पनि जानकारी दिएको छैन ।

सार्वजनिक भएका केही रिपोर्टहरुमा चाहिं एप्पलको आगामी आइफोनका विषयमा निकै धेरै जानकारीहरुको खुलासा भैसकेको छ । जसमा आइफोन फोल्डका विषयमा पनि विविध जानकारी सामेल छन् ।

दाबी गरिए अनुसार आइफोन फोल्डको मूल्य २१ सय देखि २३ सय डलरसम्म पर्नेछ । यसअर्थमा यो एप्पलको अहिलेसम्मकै महंगो आइफोन हुनेछ ।

यसपटक फोल्डेबल आइफोनको स्क्रिनका बारेमा पनि खास जानकारीहरु सार्वजनिक भएका छन् । समाचार अनुसार फोल्डेबल आइफोनमा ७.७६इन्चको डिस्प्ले हुनेछ, जुन २७१३ गुणा १९२० पिक्सेल रिजोलुसनको हुनेछ । यस प्यानलमा डिस्प्लेको मुनिपट्टि क्यामेरा रहनेछ, जुन सामसुंग ग्यालेक्सी जेड फोल्डमा जस्तै हो ।

रोचक त के भने एप्पलको आइफोन फोल्डका लागि सामसुंगले नै प्राइमरी डिस्प्लेको निर्माण गरिदिनेछ। फोल्डेबल आइफोनको डिस्प्लेमा क्रिज हुनेछैन । हाल बजारमा उपलब्ध सबैजसो फोल्डिङ फोनमा क्रिजको समस्या छ । यस्तोमा एप्पलले आफ्नो फोनमा क्रिजयुक्त डिस्प्ले राख्न चाहँदैन ।

त्यसैले एप्पलको मुख्य त क्रिजलेस डिस्प्ले नै हो । फोल्डेबल आइफोनमा प्राइमरी डिस्प्लेका अतिरिक्त ५.९४ इन्चको कभर डिस्प्ले पनि हुनेछ, जुन २०८८ गुणा १४२२ पिक्सेल रिजोलुसनको हुनेछ ।

यसअघिको खुलासामा विश्लेषक मिंग चि कुओले आइफोन फोल्डमा फेस आइडी नहुने दाबी गरेका थिए । एप्पलको यसको ठाउँमा टच आइडी उपलब्ध गराउन सक्दछ, जसलाई पावर बटनमा आबद्ध गरिनेछ ।

यो फोनमा शक्तिशाली प्रोसेसर तथा क्यामेरा सेटअप हुनेछ ।

समग्रमा फोल्डेबल फोन एप्पलको अहिलेसम्मकै महँगो आइफोन हुनेछ । कम्पनीलाई यो फोनलाई यसरी प्रस्तुत गर्नसक्छ, जसलाई प्रयोगकर्ताले स्मार्टफोन तथा मिनी ट्याबलेट दुवैको रुपमा प्रयोग गर्न सक्नेछन् ।

एप्पलले हालै आइफोन १६ ई-लन्च गरेको छ, जो कम्पनीको आइफोन एसई सिरिजको प्रतिस्थापन फोन हो । यो फोनमा पछाडिको भागमा एउटा मात्र क्यामेरा हुनेछ । यो फोनमा आइफोन १४ मा रहेको जस्तै डिस्प्लेको प्रयोग गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours