०४ वैशाख, काठमाडौं । सान्भी इनर्जीले भोलि वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतको आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्नेछ । स्थानीयहरूले प्रतिकित्ता १०० रुपैयाँको दरमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि पनि आईपीओ बिक्री खुला गरिएको छ ।
यसमा ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स।.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) र वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।
यसैगरी, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सोही नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरु) का स्थायी बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
छिटोमा वैशाख १९ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन मिल्नेछ ।
कम्पनीले वैशाख ५ गतेदेखि नै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आईपीओ बिक्री खुला गर्दैछ । यसमा पनि प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम २० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने वैशाख १९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।
सान्भी इनर्जीको आइपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
+ There are no comments
Add yours