कागतीको मूल्य बढ्यो

०४ वैशाख, काठमाडौं । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार कागतीको मूल्य बढेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार आज बिहीबार कालीमाटी बजारमा कागतीको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ । बुधबार कागती प्रतिकिलो २ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

आज बिहीबार भने कागतीको मूल्य प्रतिकिलो २ सय ७५ रुपैयाँ कायम छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours