०३ वैशाख, काठमाडौं । गाडी आयातकर्ताहरूको नयाँ सस्था (नाइमा) ‘नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन’ले साउन २१ गतेदेखि नेपाल मोबिलिटी शो आयोजना गर्ने भएको छ । नाइमाले आज संस्थाको औपचारीक घोषणा कार्यक्रममा नेपाल मोबिलिटी शोको मिति तय गरेको हो ।
५० वर्ष इतिहाँस बोकेको (नाडा) नेपाल अटोमोबाइल डिलर्स एशोसियशनमा निषेधको राजनीति सुरू भएको भन्दै केही दिन नयाँ सस्था नाइमाको घोषणा भएको थियो ।
नाइमाले यसअघि नाडाले अटो शो गर्दै आएको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्ने भएको हो ।
नाइमाले गौरव सारडालाई नेपाल मोबिलिटी एक्स्पो २०२५ को संयोजक तोकेको छ । एक्स्पो संयोजक सारडाले मोबिलिटी एक्स्पो २०२५को लोगो समेत अनावरण गरेको हुन् ।
साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल मोबिलिटी शो प्रदर्शनीकर्ता र अवलोकनकर्तालाई फाइदाजनक हुने नाइमाको दाबी छ । नाइमाले प्रदर्शनीकर्तालाई २५ प्रतिशत सस्तो र व्यवस्थित स्टल दिने दावी छ । अवलोकनकर्तालाई कम मूल्यमा टिकेट दिनेदेखि मिडिया र बिजनेश डेको लागि अलगै दिनको व्यवस्था गर्ने नाइमाको भनाई छ ।
+ There are no comments
Add yours