एकै महिनामा पर्वतारोहणबाट २४ करोड बढी रोयल्टी संकलन

०२ वैशाख, काठमाडौं । पर्वतारोहणबाट मार्च १ देखि अप्रिल ९ सम्ममा २४ करोड ५२ लाख ७७ हजार ५३७ रुपैयाँ रोयल्टी संकलन भएको छ । पर्यटन विभागको तथ्यांक अनुसार यो अवधिमा साढे २४ करोड रुपैयाँ रोयल्टी संकलन भएको हो ।

उक्त अवधिमा सबैभन्दा बढि सगरमाथा आरोहणबाट २० करोड १६ लाख २२ हजार ४३७ रुपैयाँ रोयल्टी संकलन भएको छ । यस अवधिमा १४ समुहबाट १०७ जना पुरुष र २७ जना महिला गरि १३४ जनाले आरोहण अनुमति लिएका थिए ।

यस्तै अन्नपुर्ण पहिलो हिमालबाट १ करोड ६३ लाख ९६ हजार ९०२ रुपैयाँ रोयल्टी संकलन भएको छ । मार्च १ देखि अप्रिल ९ सम्म अन्नपुर्णमा ६ समुहबाट ४९ जना पुरुष र १७ जना महिला गरि ६६ जनाले आरोहण अनुमति लिएका थिए ।

कञ्चनजंगा आरोहणका लागि २ समुहबाट १३ जना पुरुष र ७ जना महिलाले आरोहण अनुमति लिदा ४९ लाख २२ हजार ६४० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

हिम्लुङ हिमाल आरोहणको लागि १ समुहबाट १० जना पुरुष र २ जना महिला गरि १२ जनाले अनुमति लिदा ८ लाख २० हजार ५०० रुपैयाँ रोयल्टी संकलन् भएको हो ।

कंबचेन हिमाल आरोहणको लागि १ समुहबाट २ जना पुरुष र १ जना महिला गरि ३ जनाले आरोहण अनुमति लिदा २ लाख ४६ हजार १५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

काब्रु हिमाल आरोहणको लागि १ समुहबाट २ जना पुरुष र १ जना महिलाले अनुमति लिदा २ लाख ५ हजार १२५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यस्तै अमा दाब्लम आरोहणका लागि ४ समुहबाट ४० जना पुरुष र ८ जना महिला गरि ४८ जनाले आरोहण अनुमति लिदा २६ लाख २२ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।

अन्नपुर्ण तेस्रो आरोहणका लागि १ समुहबाट ६ जना पुरुष र २ जना महिला गरि ८ जनाले आरोहण अनुमति लिदा ६ लाख ५४ हजार ९६० रुपैयाँ रोयल्टी संकलन भएको हो ।

मकालु आरोहणका लागि ३ समुहबाट ३३ जना पुरुष र ७ जना महिला गरि ४० जनाले आरोहण अनुमति लिदा ९८ लाख ५२ हजार ५७० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यसैगरि ल्होत्से हिमाल आरोहणको लागि ३ समुहबाट २५ जना पुरुष र ५ जना महिला गरि ३० जनाले आरोहण अनुमति लिदा ७४ लाख ३ हजार ९४० रुपैयाँ रोयल्टी संकलन भएको हो ।

यस्तै स्वेलोखान हिमाल आरोहणका लागि १ जना परुषले अनुमति लिदा ३४ हजार २८७ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यस्तै शार्फु हिमाल आरोहणका लागि १ जना पुरुषले आरोहण अनुमति लिदा ३४ हजार ८७५ रुपैयाँ रोयल्टी संकलन भएको छ । थोरङ् शिखर आरोहणको लागि १ समुहबाट ५ जना पुरुष र ४ जना महिला गरि ९ जनाले अनुमति लिदा ३ लाख १३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

यसैगरि पोखर खाङ हिमाल आरोहणको लागि १ समुहबाट २ जना पुरुष र २ जना महिलाले आरोहण अनुमति लिदा १ लाख ३९ हजार ५०० रुपैयाँ रोयल्टी संकलन भएको छ । खयाङ हिमाल आरोहणको लागि २ जान पुरुषले अनुमति लिदा ८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो ।

२०८१ साल पुस २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी ५७ वटा हिमालचुलीको आरोहण खुला गरेको थियो । वसन्त ऋतु अर्थात् मार्च देखि मे महिना पर्वत आरोहणका लागि उत्तम समय मानिने भएकाले हाल पर्वतारोहणका लागि नेपाल भित्रिने पर्यटकको संख्या बढ्न थालेको छ ।

पर्यटन विभागका अनुसार, मार्च १ देखि अप्रिल ९ सम्म हिमाल आरोहणका लागि ३८१ जनाले अनुमति लिएका छन् । सफा मौसम, स्पष्ट आकाश र हिमाल आरोहणका लागि अनुकूल अवस्था हुने भएकाले मार्चदेखि मेसम्म हिमाल आरोहणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुले अनुमति लिने गरेका छन् । जसबाट नेपाल सरकारले राम्रो रोयल्टी संकलन गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours