०२ वैशाख, काठमाडौँ । दराजले, दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को आवेदन खुल्ला गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकामा एकैसाथ सञ्चालन गरिने यो कार्यक्रमको प्रमुख उद्देश्य भविष्यका नेतृत्वदायी क्षमतायुक्त स्थानीय प्रतिभालाई पहिचान गर्दै ई–कमर्श क्षेत्रलाई थप समृद्ध बनाउदै लैजानु हो ।
सन् २०२५ को जुलाईदेखि सुरु हुने यो डीएफएलपी कार्यक्रम १५ महिने घुम्ती कार्यक्रमका रुपमा चल्ने कम्पनीले जनाएको छ । चार देशका युवाहरुलाई लक्षित गरी डिजाइन गरिएको यस कार्यक्रममा सहभागीले दराजका विभिनन विभागहरुमा प्रशिक्षण लिने अवसर प्राप्त गर्नेछन् । साथै दराजमा वरिष्ठ नेतृत्वमा रहेका व्यक्तिहरुको मार्गदर्शनमा उनीहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय रणनीतिक टोलीसँग काम गर्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
डीएफएलपी २०२५ को आवेदन हालसालै स्नातक गरेका, शैक्षिक उत्कृष्टता र विश्लेषणात्मक क्षमतामा अब्बल, उत्साही र प्रेरित युवाहरूका लागि खुला गरिएको कम्पनीले जनाएको छ ।
उपयुक्त उम्मेदवारमा टीमवर्क, नेतृत्व क्षमताको सम्भावना, प्रभावकारी संवाद कौशल तथा अनुकुलनशीलता देखिनु आवश्यक रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
इच्छुक उम्मेदवारहरूले दराजको करियर पृष्ठमार्फत आफ्नो उम्मेदवारीका लागि अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन ८ बैशाखदेखि १४ दिनसम्म खुला रहने छ ।
विभिन्न चरणको छनोट प्रक्रियामार्फत दराजले देशभरका विश्वविद्यालयहरुबाट योग्य युवाहरुको छनोट गर्नेछ । द्रुत गतिमा अघि बढिरहेको प्रविधिनिर्भर वातावरणमा आवश्यक सीप, मार्ग निर्देशन तथा व्यवहारिक अनुभव प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई दराजभित्रको नेतृत्वदायी भूमिकामा दीर्घकालिन करियर विकासका अवसरहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने उम्मेदवारलाई उचित पारिश्रमिक तथा पुरस्कारद्वारा सम्मान समेत गरिनेछ ।
“दराज फ्युचर लिडरशिप प्रोग्राम मेरो करियरका लागि एक मेजर टर्निङ प्वाइन्ट सावित भयो । कार्यक्रममा अपनाइएको घुम्ती संरचनाले व्यवसायका विविध पक्षहरू नजिकबाट नियाल्ने तथा बुझ्ने राम्रो अवसर प्रदान गर्यो । कार्यक्रम अन्तर्गत अवसरका रुपमा उपलब्ध गरिएका हरेक प्रोजेक्टले मलाई समन्वयमा काम गर्न, गहिरो विश्लेषण गर्न तथा रणनीतिक सोच विकास गर्न प्रेरित गर्याे ।”, नेपालबाट डीएफएलपीका पूर्व सहभागी स्वाति कर्णले भनिन्, “यस अनुभवले मलाई एक आत्मविश्वासी, डेटा–चिन्तनशील तथा द्रुत गतिमा निर्णय गर्नसक्ने व्यक्ति बनायो ।”
डीएफएलपले दराजको दक्षिण एशियामा डिजिटल रूपान्तरणको प्रतिबद्धतालाई दर्साउँछ । यस कार्यक्रममार्फत दराजले सम्भावना बोकेका युवाहरूलाई सक्षम बनाई नवप्रवर्तनको प्रवद्र्धन र डिजिटल अर्थतन्त्रमा योगदान पु¥याउन सक्ने बनाउने लक्ष्य लिएको छ ।
दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ सम्बन्धी थप जानकारीका लागि दराजको करियर पृष्ठमा जान कम्पनीले अनुरोध गरेको छ ।
+ There are no comments
Add yours