५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर महाप्रसाद अधिकारीको

०२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ। एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले पुरानै साइज र रङमा नयाँ नोट जारी गरिएको जानकारी गराएको हो।

यो नयाँ नोटमा २०७९ सालको २२ चैतमा पदबाट बिदा भएका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ। “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ तुरुन्त पाइने छ,” भन्ने प्रतिज्ञात्मक वाक्य समेत नोटमा उल्लेख छ । यो नोट २०८२ सालको २ वैशाखदेखि प्रचलनमा आएको हो ।

नोटको अगाडिको भागमा बाँया पट्टि सगरमाथाको तस्बिर छ भने दायाँतर्फ लालिगुराँसको पानीछाप रहेको छ। नोटको तल्लो किनारमा ‘२०८२’ मा नेपाली अंकमा लेखिएको सिरिज नम्बर छ।

नोटको पछाडिको भागको माथिल्लो भागमा अंग्रेजीमा “Nepal Rastra Bank” लेखिएको छ। बीचमा वन्य याक र हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाली दृश्य छ। तल्लो किनारमा अंग्रेजीमा “Rupees Five” लेखिएको छ भने त्यही भागमा अंग्रेजीमा सिरिज नम्बर ‘2024 A.D.’ उल्लेख गरिएको छ।

नेपाल राष्ट्र बैंकले यसअघि २०७७ सालको १० मंसिरदेखि ‘२०२०’ सिरिज लेखिएको ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours