३१ चैत, काठमाडौं । १ करोड २५ लाख बढीको कारोवारसंगै दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ सम्पन्न्न भएको छ । नर्सरी ब्यवसायी संघ नेपालले बिहिबारबाट काठमांडौको भृकुटीमण्डपमा आयोजना गरेको दोश्रो हर्टिकल्चर एक्स्पो २०८१ मा १ करोड बढीको कारोवार भएको नर्सरी ब्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रविन कुमार गौतमले जानकारी दिए ।
गौतमले भने दोश्रो हर्टिकल्चर एक्सपो हामीले सोचे भन्दा धेैेराम्रो भयो ,सबैथरीका बोटबिरुवा साथै कृर्षि औजार, मल खाद्यन्न ,परामर्श सबै एकैठाउमा भएकाले मेलाप्रति सबैको आकर्षण रह्यो । नर्सरी ब्संयवसायीहरुले आफ्ना उत्पादनहरु प्रदर्शन गर्न पाउने र बोटबिरुवाका सौखीन उपभोक्ताहरुको लागि मेलाले महत्वपुर्ण भुमिका खेल्ने संघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिेनाले बताए ।, हर्टिकल्चर एक्सपोमा कृर्षिबन जडीबुटी फलफुल सबै खालका प्रदर्शनी भएकाले पनि मेलामा अवलोकन गर्नेको संख्या बृद्धि हुदै गएकाले आर्थीक समृद्धिको लागि हामी एक्सपो गरीरहन्छौं अध्यक्ष तिमिल्सिेनाले भने । चैत्र २८ गते बिहिबारबाट ३१ गते आइतबार चार दिनसम्म चलेको मेलाको ५० हजार भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गरेको आयोजक संघले बताएको छ । आफुले उत्पादन र बिक्री बितरण गरीरहेको बोटबिरुवाहरु प्रदर्शनीमा राख्दा उपभोक्ताहरु खोजी खोजी स्टलमा आएर अवलोकन गरी खरीद गर्दा अत्यन्तै खुशी लागेको नर्सरी ब्यवसायीहरुले बताए ।
एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिएको थियो । मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल राखिएको मेलामा ७४ वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल रहेको थियो । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० राखिएको थियो ।
पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश दोश्रो हर्टिकल्चर एक्सपोको सह आयोजक रहेका थिए नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने नारा लिएर नर्सरी व्यवसायी संघ नेपालले दोश्रो हर्टिकल्चर एक्सपोसंगै तिहार फ्लोरा एक्सपो सहित चारवटा मेला सम्पन्न गरीसकेको छ ।




+ There are no comments
Add yours