३१ चैत, काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नयाँ वर्ष २०८२ को लागि डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिबाट स्वीकृत मिति, सार्वजनिक बिदा, तिथि, नेपाली र अंग्रेजी मिति तथा नेपालीले मनाउने चाँडपर्व तथा सांस्कृति झल्किने तस्वीर राखेर क्यालेन्डर सार्वजनिक गरेको हो ।
साथै क्यापिटलले सेवा सुविधाहरू समेत क्यालेन्डरमा समेटेकोे छ । क्यालेन्डरको सेवा बारे ग्राहकलाई सजिलै जानकारी दिनूका साथै सोमा ग्राहकहरुलाई लगानी तथा वित्तीय साक्षरता सम्बन्धी सन्देश पनि दिएको छ ।
क्यालेन्डर डिजिटाइज गरी वेबसाइटमार्फत डाउनलोड सहितको सुविधा दिई उपलब्ध गराएको छ । डिजिटल माध्यमबाट सम्पूर्णमा पहुँचयोग्य बनाउन सो को क्युआर कोड सामाजिक सञ्जाल र वेबसाइटमार्फत उपलब्ध गराएको क्यापिटलले बताएको छ ।
+ There are no comments
Add yours