३१ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको रिवाज एन्ड खाद्य स्टोरलाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
शुक्रबार विभागले नियमित अनुगमन अन्तर्गत ४ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा ललितपुर महालक्ष्मी नगरपालिका–४ मा रहेको रिवाज एन्ड खाद्य स्टोरलाई उक्त जरिबाना तिराइएको हो ।
अनुगमन क्रममा उक्त खाद्य स्टोरले खरिद बिलबिजक नराखेको पाइएपछि जरिबाना तिराएको विभागले जनाएको छ ।
विभागले अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिँदै आएको छ ।
+ There are no comments
Add yours