टस जितेर कुवेत विरुद्ध बलिङमा नेपाल

३१ चैत, काठमाडौं । हङकङमा भइरहेको हङकङ टी २०आई सिरिजको फाइनलमा नेपालले कुवेत विरुद्ध पहिले बलिङ गर्दैछ ।

नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको हो ।

चार राष्ट्र सहभागि सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेको हो । नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो । लिग चरणमा नेपालले कुवेतलाई पराजित गरेको थियो ।

आईसीसी टी२० विश्वकप छनोटको तयारीस्वरुप नेपालले यो सिरिज खेलेको हो । लिग चरणमा नेपालले कतार र कुवेतलाई पराजित गरेको थियो भने हङकङ विरुद्धको खेल वर्षाका कारण नतिजाविहिन बनेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours