सन्तान जन्माउनोस्, पैसा लैजानोस्

३१ चैत्र, काठमाडाैँ । चीनमा सन्तान जन्माउने अभिभावकहरूलाई स्थानीय निकायले ठूलो नगद फाइदा दिन थालेका छन्। तियानानमेन नगरले त दोस्रो सन्तान जन्माउने अभिभावकलाई १३ हजार डलर र तेस्रो सन्तान जन्मँदा २३ हजार डलर दिने भएको छ।

यो नगद उपहार योजनाले यति धेरै काम गर्‍यो कि अहिले चीन सरकारले देशभरि नै यही योजना अघि सार्ने तयारी गरिरहेको स्थानीय मिडियाले बताएका छन्।

त्यसो त यस्तो योजना चीनले मात्र अघि सारेको होइन। यसअघि जापान, कोरिया, हंगेरी र नर्वेले समेत यस्तो योजना अघि सारेका थिए। यस्तो योजनाको मिश्रित सफलता देखिएको थियो।

तियानानमेन शहरबासीहरूको वार्षिक आम्दानी लगभग पाँच हजार तीन सय डलर छ तर यो घोषणालगत्तै जन्मदर बढेर गएको छ। गएको वर्ष १७ प्रतिशतले जन्मदर बढेको बताइन्छ।

चीनमा घट्दो जन्मदरका कारण त्यहाँको सरकार चिन्तित छ। कतिसम्म भने पहिलो पटक त्यहाँको सरकारी नीतिमा ‘चाइल्ड केयर’ शीर्षकमा सहयोग दिने उल्लेख गरिएको छ। तियानानमेनको सफलता दर देखेपछि केन्द्रीय सरकारका सयभन्दा बढी अधिकारीहरूले त्यहाँ भ्रमण गरेको बताइन्छ।

सन्तान जन्माउन तियानानमेन मातृ तथा शिशु स्वास्थ्य अस्पतालले सहरभरि नगद उपहार पाउने भन्ने व्यापक प्रचार गरिरहेको छ। कतिपय नगरबसमा त आइभीएफ उपचारको समेत उल्लेख गरिएको छ।

घोषणापछि तियानानमेन शहरमा सन्तान जन्माउने युवाजोडीमध्ये ८० हजार फर्किएका छन्। एक त यहाँ महँगी र बसोबास कम छ। अर्को चाहिँ सन्तान जन्माउनेलाई नगद उपहार पनि छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours