भन्सार शुल्कको भारी मार: अमेरिकी परिवारले वार्षिक ४,७०० डलर गुमाउने अध्ययन,सन् १९०९ यता सबैभन्दा उच्च

२९ चैत, काठमाडौँ । येल बजेट ल्याबद्वारा बिहीबार सार्वजनिक गरिएको नयाँ अध्ययन अनुसार भन्सार शुल्कका कारण एक औसत अमेरिकी परिवारले प्रत्येक वर्ष करिब ४,७०० बराबरको आर्थिक भार व्यहोर्नुपर्ने देखिएको छ।

शोधकर्ताहरूका अनुसार उपभोक्ताहरूले अहिले २५.३% को औसत प्रभावकारी भन्सार दर भोगिरहेका छन् — जुन दर सन् १९०९ यता सबैभन्दा उच्च हो।

हाल अमेरिकी ट्रम्प प्रशासनले विभिन्न देशहरू, विशेषगरी चीनमाथि लगाउँदै आएको अत्यधिक भन्सार शुल्क अन्ततः आम नागरिककै टाउकोमा पर्ने बोझ बन्न पुगेको यस अध्ययनले स्पष्ट पारेको छ ।

उपभोग्य वस्तुहरूको मूल्यवृद्धि, आपूर्ति शृंखलामा भएको असन्तुलन र आयात लागतको वृद्धि यी सबैले घरेलु खर्चमा प्रत्यक्ष असर पुर्याइरहेको अध्ययनको निष्कर्ष छ।

यस्तो नीति दीर्घकालीन रूपमा अमेरिकन उपभोक्ता र घरेलु अर्थतन्त्र दुबैका लागि नोक्सानदायक हुन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । यद्यपि यी भन्सार शुल्कहरू चीनजस्ता प्रतिस्पर्धी देशहरूलाई दबाब दिन लागिएको देखिए पनि त्यसको साँचो मूल्य त आम नागरिकले नै तिर्दैछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours