भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ६ जनालाई हाजिर जमानीमा छाड्ने तयारी

२९ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा छाडिने भएको छ ।

६ जनालाई हाजिरी जमानीमा छाड्न सरकारी वकिल कार्यालयले समेत सहमती दिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो । हाजिरी जमानीमा छाड्न लागिएकाहरू भने भाटभटेनी तोडफोड हुँदा भुईंका स्याउ, सुन्तला टिप्नेहरू रहेको प्रहरीले बतायो ।

‘एकदमै सामान्य अवस्थाका, भुईंको एक/दुई दाना स्याउ, सुन्तला टिप्नेहरूलाई छाड्न लागिएको हो,’ परिसर स्रोतले जनाएको छ । छाड्ने प्रक्रियामा रहेको भन्दै प्रहरीले नाम भने खुलाएको छैन ।

हाजिरी जमानीमा छाड्न भन्दै प्रहरीले सरकारी वकिलसँग राय लिएको थियो । सो सरकारी वकिल कार्यालयले समेत छाड्न अनुमति दिएकाले उनीहरुलाई आजै छाडिने प्रहरीले जनाएको छ ।

यो प्रकरणमा अहिलेसम्म ८० जना पक्राउ परेर म्याद लिँदै हिरासतमा राखिएको छ । उनीहरू ६ जना छुट्ने भएपछि अब ७४ जना प्रहरीको हिरासतमा रहने भएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours