चितवनमा दिपल इभीको विक्रीवितरण सुरू

२९ चैत, काठमाडौँ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनबाट दिपल इभीहरूको विक्रीवितरण सुरू गरेको छ ।

बुधबार आयोतित कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस ०७ एल र दिपल ई ०७ लाई सार्वजनिक गरेको हो ।

दिपल इभी सार्वजनिक गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनमा चांगानको सफलताको कामना गरे । साथै, उनले चांगान र अन्य ब्रान्डहरूले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरी, एमएडब्लु वृद्धि प्रमुख कार्यकारी अधिकृत रूपेश भट्ट शर्माले नेपालमा सार्वजनिक भएको १ वर्षमा ८०० वटा भन्दा दिपल विक्री भइसकेको जानकारी दिँदै यसको डिजाइन तथा प्रविधिका कारण यो इभीप्रेमीको रोजाइमा परेको बताए ।

उनले दिपलको विक्री र विक्रीपछिको सेवालाई देशभर विस्तार गर्ने क्रममा चितवनका लागि राजहंग अटोमोबाइल जोडिनु भएकोमा धन्यवाद प्रकट गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours