दुर्गा प्रसाईंलाई विमान चढाइयो, काठमाडौं ल्याइँदै (भिडियोसहित)

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो ।

काठमाडौं आउनका लागि उनीहरु दुबै जना प्लेन चढिसकेको र अबको केहीबेरमा काठमाडौं आइपुग्ने प्रहरी स्रोतले बतायो । उनीहरूलाई बुद्ध एअरको फ्लाइटमार्फत काठमाडौं ल्याइँदैछ ।

प्रसाईं विहीबार भारतको आसाम राज्यमा फेला परेका थिए । उनलाई ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सो घटनापछि प्रसाईं भागेर भारत पुगेका थिए ।

उनी यसअघि हतियारसहित सर्वोच्च अदालत परिसर छिर्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours