जापान र अस्ट्रेलियाको शेयर बजारमा गिरावट, चीनमा सामान्य सुधार

२९ चैत, काठमाडौं । शुक्रबार जापान, दक्षिण कोरिया र अस्ट्रेलियाका शेयर बजारमा गिरावट देखिएको छ । उता, चीन र ताइवानका बजारहरूमा सामान्य सुधार देखिएको छ।

जापानको निक्केई २२५ सूचकांकमा ४.५ प्रतिशत गिरावट आएको छ । दक्षिण कोरियाको कोस्पी भने १.७ प्रतिशतले घटेको छ।

हङकङको ह्याङ सेङ सूचकांकमा ०.७ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० मा १.६ प्रतिशतको गिरावट आएको छ।

तर अमेरिकाले १४५ प्रतिशत भन्सार शुल्क थपेको चीनका बजारहरूमा भने हल्का सुधार देखिएको छ। यद्यपि प्रारम्भिक कारोबारमा ती बजारहरू पनि घटेका थिए।

अहिले चीनको साङ्घाई कम्पोजिट सूचकांक ०.१ प्रतिशतले र ताइवानको ताईएक्स ०.२ प्रतिशतले उकालो लागेको छ।

यसअघि बिहीबार एशिया–प्रशान्त क्षेत्रका अधिकांश बजार हरियालीमा बन्द भएका थिए।

त्यस्तै, अमेरिकी बजारमा बिहीबार वाल स्ट्रीटका सबै तीन प्रमुख सूचकांकहरू गिरावटसहित बन्द भएका छन्।

एस एण्ड पी ५०० मा ३.५ प्रतिशत, डो जोन्स इन्डस्ट्रियल एभरेजमा २.५ प्रतिशत र नास्दाक कम्पोजिटमा ४.३ प्रतिशतको गिरावट आएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours