२९ चैत, काठमाडौँ । बेनेलीले नयाँ वर्ष २०८२ लाई विशेष बनाउँदै ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । अफरमा बेनेलीका कुनै पनि मोडेलको मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले २५ हजार रुपैयाँ नगद छुट पाउछन् । साथै, रोड ट्याक्स, प्रिमियम बेनेली हेलमेट र सम्पूर्ण बीमा निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, पुराना बाइक एक्सचेन्ज गर्दा बजार मूल्यभन्दा थप २५ हजार रुपैयाँको अतिरिक्त मूल्यांकन प्राप्त गर्न सकिनेछ । अफर रोमाञ्चक बनाउने उद्देश्यले लक्की ड्रमार्फत १ जना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद पुरस्कार जित्ने अवसर समेत छ । बेनेलीले बिक्रीसँगै बिक्री पछिको सेवामा पनि उच्च प्राथमिकता दिँदै, स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।
यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध भएकाले इच्छुक ग्राहकहरूले नजिकैको शोरूममा गई टेस्ट राइड गर्न वा तुरुन्तै बुकिङ गर्न सक्नेछन् ।
+ There are no comments
Add yours