खुम्बु आइसफलसम्म टाँगियो डोरी

२८ चैत, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण सहज बनाउन खटिएका ‘आइसफल डाक्टर’ हरूले खुम्बु आइसफलसम्म डोरी टाँगेका छन् ।

पर्यटन विभागका अनुसार सगरमाथा प्रदूषण नियन्त्रण समितिका आइसफल डाक्टरहरूले खराब मौसमबीच खुम्बु आइसफलसम्म डोरी टाँगेका हुन् ।

आइसफल डाक्टरहरूले २ हजार २ सय मिटर डोरी हिजो बुधबार सफलतापूर्वक टाँगेको विभागले जनाएको छ ।

विभागका अनुसार खुम्बु आइसफल भन्दा चुचुरोसम्म भने सगरमाथा आरोही संघका आइसफल डाक्टरहरूले डोरी टाँग्नेछन् ।

पछिल्लो तथ्यांक अनुसार यस वर्ष १५ हिमालमा ३५ समूहका ३ सय ३० आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथामा मात्र १२ टोलीका १ सय २० जनाले अनुमति लिएको तथ्यांक छ । यी सबै विदेशी आरोही हुन् । जसमा २५ महिला छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours