२७ चैत, म्याग्दी । बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
१८ करोड ८४ लाख ८ हजार ८९ को लागतमा निर्माणाधीन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवनदेखि बाहिर ५०० मिटर रिङरोड कालोपत्र काम मात्र बाँकी छ । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चारतले ३ वटा भवनको भित्री भागमा झ्यालढोका र टायल राख्ने काम धमाधम भइरहेको छ ।
वि.सं २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको हो ।
+ There are no comments
Add yours