२८ चैत, काठमाडौँ । बाराको सिमरामा रहेको मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ ।
निष्काशन गर्नका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धक नियुक्ति गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम होटलका संस्थापक अध्यक्ष ईच्छा बहादुर वाग्लेको उपस्थितिमा भएको थियो ।
सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
२०७४ सालमा चारतारे होटलको रुपमा सञ्चालनमा ल्याएको होटल २०७९ सालमा मधेश प्रदेशकै पहिलो र एकमात्र पाँचतारे होटलको मान्यता प्राप्त गरेको हो । यसै आर्थिक वर्षको श्रावण १ गतेदेखि पब्लिक कम्पनीको रुपमा समेत सञ्चालनमा आएको हो ।
कम्पनीको अधिकृत पूँजी २०० करोड रहेको र जारी पूँजी १५० करोड रहेको छ । होटलले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड बराबरको ३० लाख कित्ता शेयरको सर्वसाधारणमा शेयर निष्काशन गर्ने छ ।
+ There are no comments
Add yours