मिराया वेलनेसको नयाँ वर्ष अफरः थारु संगीतमा झुम्दै लक्जरी बसाइ

२७ चैत, काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ ।

चैत ३१ गते आइतबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफर सहितको ‘नयाँ वर्ष साँस्कृतिक साँझ’ आयोजना हुने भएको हो ।

साँस्कृतिक साँझमा नेपाली मौलिक परम्परा र संस्कृतिको जर्गेना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिनेछ । थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

डिनरअघि वेलकम स्न्याक्ससँगै सांस्कृतिक प्रस्तुति हुनेछ भने मुख्य आकर्षणका रूपमा थारू परिकार र बिबिक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको छ ।

मिरायाले नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ । प्रतिव्यक्ति ९ हजार ९९९ को दरले कम्तीमा दुई जनाका लागि यो प्याकेज उपलब्ध हुनेछ । जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ ।

४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज ४ हजार रुपैयाँमा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाका लागि कुनै थप शुल्क लाग्ने छैन । डिनर मात्रको दर प्रति व्यक्ति ६ हजार ५०० नेट तोकिएको छ । जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो । ४–१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको ३ हजार निर्धारण गरिएको छ ।

यो अफर आइतबार एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ । स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours