२७ चैत, काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्स सँग सहकार्य गरेको छ । यी दुई सहकार्य पश्चात् नयाँ सुविधा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन् । अब घरैबाट आफ्नो खल्ती खातामा रकम आउने भएको छ ।
बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू इ–कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन् । कागजी प्रक्रियाको झन्झट, लाइन बस्नुपर्ने झन्झट र अन्य समय खपत हुने प्रक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार सम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने ‘डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको हो । तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने ई–कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुने कुरामा हामी विश्वास छौँ ।’
+ There are no comments
Add yours