लुम्बिनी विकास बैंक एनसीएचएलको ‘नेपाल पे कार्ड’मा आबद्ध

२७ चैत, काठमाडौं । लुम्बिनी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच एनपीएस–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतामा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधार तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम, नेपाल पे कार्ड, इसुइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो ।

यस अनुरूप लुम्बिनी विकास बैंकले अब नेपाल पे कार्डमा ग्राहकको कार्ड इस्यु र अक्वायर गर्न सक्ने छ ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचका रूपमा स्थापना गरिँदैछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours