आजकाे माैसमः केही प्रदेशमा वर्षाको सम्भावना

२७ चैत्र, काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै देशभर तुवाँलो लागेको छ ।

कोशी लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो केही मात्रामा कम हुने देखिन्छ । वर्षा, हिमपात लगायत तुवाँलोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours