२६ चैत, काठमाडौँ । सुनको भाउमा लगातार ४ दिन गिरावट आएको छ । गत बिहीबार एैतिहासिक विन्दुमा पुगेको सुनको भाउ त्यस यता भने लगातार घटिरहेको छ । चार दिनमा सुनको भाउ तोलामा ६ हजार ९०० रुपैयाँले घटेको छ ।
गत बिहीबार सुनको भाउ प्रतितोला १२०० रुपैयाँले बढेर ऐतिहासिक विन्दु कायम गरेको थियो । बिहीबार सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्म कै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ कारोबार भइरहेको छ ।
यता, मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३.५२ अमेरिकी डलर र चाँदी ३०.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
+ There are no comments
Add yours