राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको शक्ति प्रदर्शन आज

२६ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रदर्शन बल्खुमा हुनेछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमती मागे पनि गत चैत १५ गते तीनकुने क्षेत्रका भएको विध्वंसात्मक घटनालाई मध्उनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यहाँ अनुमति दिएन र बल्खु वा सिफलमा सभा गर्न विकल्प दिएको थियो । सोही अनुसार राप्रपाले बल्खु रोजेको हो ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । सभा सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस बल्खुमा पुगेर सभामा परिणत हुने बताइएको छ ।

यसअघि राजसंस्था पुनस्र्थापनाका लागि राजावादी समूहहरुले तीनकुनेमा हिंसात्मक प्रदर्शन गरे । शान्तिपूर्ण गर्ने भनिएको प्रदर्शन हिसांत्मक बनेपछि जनधनको समेत क्षति भयो । दुर्गा प्रसाईंले नेतृत्व गरेको संयुक्त जनआन्दोन समितिले गरेको उक्त आन्दोलनमा राप्रपा प्रत्यक्ष रुपमा सहभागी नभएपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगिायतका वरिष्ठ नेताहरु सहभागी भएका थिए । हाल उनीहरु प्रहरी हिरासतमा छन् ।

हिसांत्मक प्रदर्शनको विरोधी राप्रपाले मंगलवार प्रदर्शन तथा सभालाई भव्य, सभ्य र शान्तिपूर्ण बनाउने तयारी गरेको छ तर भनिएअनुसार नै होला प्रदर्शन ? भन्ने विषय निकै चासोका साथ हेरिएको छ । किनभने गत चैत १५ गतेको आन्दोलनलाई नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिले पनि समर्थन गरेको छ । तर, सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले प्रदर्शन शान्तिपूर्ण हुने भनेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours