२४ चैत, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दर्शन बचत तथा ऋण सहकारी सस्थाका ऋणीहरुलाई ऋण चुक्ता गर्न ३५ दिने सूचना निकालेको छ ।
बागमती प्रदेश सरकार सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम दर्शन बचत तथा ऋण सहकारी सस्थालाई समस्याग्रस्त घोषित गरेको सूचनामा उल्लेख समेत गरेको छ ।
समितिले आइतबार समस्याग्रस्त घोषित उक्त सहकारीका सम्पूर्ण ऋणीहरुलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न दोस्रो पटक सूचना निकालेको हो ।
सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी गर्ने जिम्मेवारी उक्त समितिलाई तोकेको थियो ।
समितिले आफ्नो कार्यालयको वेबसाइटमा सम्पुर्ण ऋणीहरुको नाम सहित दोस्रो पटक सूचना निकालेको हो । समितिले ३५ दिनभित्र ऋण कर्जा चुक्ता नगरे कानुन बमोजिम कारवाही अगाडि बढाइने जनाएको छ ।
समितिले यस अघि २०८१ पुस २४ गते पहिलो पटक सूचना जारी गरेको थियो । प्रथम पटक सूचना प्रकाशित गर्दा ऋणीहरु सम्पर्कमा नआएको जनाएको छ ।
+ There are no comments
Add yours