जटिल भू-बनोटले आगलानी नियन्त्रणमा कठिनाइ भयो : मन्त्री शाही

२४ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको जटिल भू-बनोटका कारण डढेलो र आगलागी नियन्त्रण गर्न चुनौती भएको बताएका छन् ।

आगो तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शाही ठकुरीले सरकारले आगलागी र डढेलो नियन्त्रणको प्रयास गरिरहेको भए पनि नियन्त्रण गर्न नसको स्वीकार गरे ।

‘नेपालमा भू-बनोट जटिल छ । भीर-पाखा छन् । त्यहाँ आगो लाग्दा अप्ठेरो भएको छ’, उनले थपे, ‘जनचेतनाका लागि सबैको महत्वपूर्ण भूमिका रहेको छ । सबैको सहयोग हुँदा पनि यो रोकिएको छैन ।’

मन्त्री शाहीले आगो लागिसकेपछि निभाउने दमकलबाहेक उपयुक्त प्रविधि पनि नभएको बताउँदै भन्नेबारे सोच्नुपर्ने भएको बताए ।

अहिले अत्याधुनिक हेलिकप्टरको प्रयोग गर्न सकिन्छ कि भन्ने बारे पनि छलफल भएको बताउँदै उनले यो सम्मेलनबाट प्राप्त हुने सुझावलाई पनि आत्मसाथ गरेर अघि बढ्ने बताए ।

‘अरु देशको जस्तो सम्भव छैन । त्यसैले के गर्दा नियन्त्रण गर्न सकिन्छ ? घना बस्तीमा दमकलले पनि काम गर्न सकेको छैन’, उनले भने, ‘के प्रविध गर्दा नेपालमा डढेलो नियन्त्र गर्न सघाउ पुग्छ ? प्रयास गर्न जरुरी छ ।’

हरेक वर्ष फागुन-चैतको महिनामा बढी डढेलो लाग्ने गरेको बताउँदै उनले सरकार ढोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours