२४ चैत, ताप्लेजुङ । करिब ४ महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा आइतबारदेखि पुनः हवाई सेवा सुरु भएको छ ।
सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका २ जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आइतबारका लागि सारिएको थियो ।
काठमाडौँबाट ५ यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट ४ पुरुष र २ महिला यात्रु गरी ६ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ ।
लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् । यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए । हाल उनीहरूले सेवा बन्द गरेका छन् ।
+ There are no comments
Add yours