मुक्तिनाथ विकास बैंक र साउथवेस्टर्न बिजनेस कलेजबीच सम्झौता

२२ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक र साउथवेस्टर्न बिजजनेस कलेजबीच बैंकिङ साक्षरता र व्यवसाय आदन–प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यो सम्झौता अनुसार बैंकले कलेजका विद्यार्थीलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्ने छ, जसबाट विद्यार्थीले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीबारे ज्ञान प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले योग्य विद्यार्थीलाई इन्टर्नसिप र प्रशिक्षण सुविधा पनि उपलब्ध गराउने छ । जसले गर्दा कलेजका विद्यार्थीको क्षमता विकास गर्ने, वित्तीय जागरण तथा विद्युतीय कारोबार जोखिमबारे सचेतना बढाउने तथा रोजगारीको अवसर समेत प्राप्त गर्न सकिने विश्वास लिइएको छ ।

यस सम्झौताले बैंक र कलेजबीच दीर्घकालीन सहकार्यको सुरुवात गरेको छ, जसले गर्दा विद्यार्थीले व्यावहारिक ज्ञान र रोजगारीका अवसर प्राप्त गर्न सक्नेछन् ।

मुक्तिनाथ बैंकले हालै ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा लगायत कार्य शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours