अमलाको मूल्य बढ्यो

२२ चैत, काठमाडौं । बजारमा अमलाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार अमलाको मूल्य बढेको देखिएको हो ।

आज शुक्रबार अमलाको भाउ थोकमा प्रतिकलो ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार ७५ रुपैयाँमा किनबेच भएको अमला आज भने किलोको १ सय २५ पुगेको हो ।

अमिलो स्वादयुक्त अमलाको उपभोग प्रत्येक मौसमका लागि लाभदायक मानिन्छ । तर, यो जाडो मौसममा धेरै प्रयोग गरिन्छ । अमलामा सबै फलफूलहरूमा भन्दा धेरै भिटामिन सी पाइन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours