शिक्षा विधेयकबारे कार्यबाहक प्रधानमन्त्रीसँग सिंहदरबारमा छलफल

२१ चैत, काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षा विधेयकबारे छलफल थालेका छन् ।

सिंहदरबारमा गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिका सांसदहरूसहितको छलफल सुरु भएको हो ।

शिक्षा समितिमा विधेयकको काम कहाँसम्म पुगेको छ र शिक्षकका मागका विषयमा कार्यबाहक प्रधानमन्त्री सिंहले बुझ्न लागेका हुन् ।

कार्यबाहक प्रधानमन्त्री सिंहले सम्बन्धित सरोकारवालासँग विधेयकको स्थितिबारे छलफल गरेपछि आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने तयारी रहेको सचिवालयको भनाइ छ ।

शिक्षा समितिले उपसमिति बनाएर विधेयकको काम अगाडि बढाएको छ । तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू काठमाडौंमा आएका छन् ।

बुधबारदेखि शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । नयाँ शैक्षिकसत्र सुरु गर्नुपर्ने समयमा शिक्षकहरू आन्दोलनमा उत्रिएपछि सरकारले चासो दिएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours