नेपाल पुनर्बीमाले बल्ल निकाल्यो चौथो त्रैमासको रिपोर्ट, घट्यो नाफा

२१ चैत, काठमाडौं । सेयर बजारमा धेरै कारोबार हुने कम्पनीमा प्रायः टप १० भित्र पर्ने एउटा कम्पनी हो– नेपाल पुनर्बीमा । बुधबार धेरै रकमको कारोबार हुनेमा यो छैटौं स्थानमा छ । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीमध्ये यसमा सरकारी स्वामित्व छ ।

तर कम्पनीले वित्तीय विवरण निकाल्न सधैं ढिलाई गर्दै आएको छ । अरु कम्पनीले चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दुई महिना पूरा भइसक्दा यो कम्पनीले भने बल्ल गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष (२०७९/८०)को तुलनामा करिब २७ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा १ अर्ब ५५ करोड थियो ।

नाफा घट्दा वार्षिक प्रतिसेयर आम्दानीमा असर परेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा छ । यस्तो आम्दानी पहिले १२ रुपैयाँ १७ पैसा थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी घटेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ४९ करोडमा खुम्चियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३१२ रुपैयाँ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours