२१ चैत, काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले एक लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । यो पटकको लिलामीमा अन्य सर्वसाधारणले भाग लिन पाउने छैनन् ।
इच्छुक संस्थापक शेयरधनीले आज चैत २१ गतेदेखि ३५ दिनभित्र केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा आवेदन दिन सक्ने छन् ।
बैंकका अनुसार संस्थापक शेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र कायम संस्थापक शेयरधनी महानुभावहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघी बढाईने छ ।
+ There are no comments
Add yours