अमेरिकामा आयात हुने सबै बस्तुमा ट्रम्पले लगाए आयातकर, शुक्रबारबाट लागू हुँदै

२१ चैत, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेकाे आयातित सबै बस्तुमाथि १० प्रतिशत भन्सार शुल्क अर्थात् आयकरको घोषणा शुक्रबारदेखि लागू हुने भएको छ । जुन विश्व व्यापारका लागि महत्वपूर्ण क्षण हुने बताइएको छ ।

केही देशमाथि अमेरिकी व्यापार घाटाको आधारमा अधिक आयातकर लाग्ने अनुमान गरिएको छ । जुन ५० प्रतिशतसम्म पनि हुनसक्छ । याे अप्रिल ९ बाट सुरु हुने बताइन्छ ।

ट्रम्पले बेलायती बस्तुमाथि १० प्रतिशत आयातकर लाग्ने बताएका छन् भने युरोपेली संघलाई २० प्रतिशतका दरले भन्सार शुल्क लाग्ने भएको छ । सबै विदेशी सवारी साधनमा २५ प्रतिशत आयतकर लाग्ने र जुन बिहीबार मध्यरातिबाट लागू हुने अधिकारीहरुले जनाएका छन् ।

ह्वाइट हाउसको रोज गार्डेनमा ट्रम्पले एक वक्तव्य दिंदै भने, ‘यो मुक्ति दिवस हो । र यसले अमेरिकाको लागि स्वर्ण युगको सुरुवात गर्नेछ ।’ केही विश्व नेताहरुको निराशाजनक प्रतिक्रिया व्यक्त गरिरहेका छन् भने बढ्दो व्यापार युद्धको चिन्ता जाहेर गरिरहेका छन् ।एजेन्सी

You May Also Like

More From Author

+ There are no comments

Add yours