शिक्षा समितिका सभापति भन्छन्- शिक्षकले आन्दोलन गर्नुपर्ने कारण छैन

२० चैत, काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले शिक्षकले मागेको भन्दा बढी माग पूरा गर्ने बताउदा बताउदै शिक्षकहरू आन्दोलनमा आएको बताएका छन् ।

रातरात विधेयक पास हुन नसक्ने बताउँदै सभापति थापाले भने, ‘यो आर्थिक वर्षमा पेस गर्छु भनेकै छ । आन्दोलन गर्नुपर्ने कारण छैन । मागेको भन्दा बढी दिने भनेकै छ । आन्दोलन गर्नु भनेको शिक्षा बिगार्नु हो ।’

हिउँदे अधिबेशन अन्त्य भएकाले शिक्षकहरूले अध्यादेश ल्याउन सकिने बताइरहेका छन् । तर सभापति थापा अध्यादेशको पक्षमा छैनन् ।

‘अध्यादेशबाट कानुन बनाउने ? शिक्षा बिगार्ने ? अध्यादेशबाट आयो भने विधेयकको के अर्थ ? डेढ वर्षको मिहिनेत खेर जान्छ,’ सभापति थापाले भने ।

शिक्षामा दलीयकरण नहुने गरी आगामी अधिवेशनमा विधेयक पास हुने उनले बताए ।

‘विद्यार्थीको विषययमा देशको विषयमा सोच्ने छैन ।आफ्नो विषयमा मात्र सोच्ने भयो,’ उनले भने, ‘आगामी अधिवेशनमा पेस हुन्छ ।’

शिक्षा समितिले उपसमिति बनाएर काम गरिरहेको सभापति थापाले बताए । विधेयक पास गर्न माग गर्दै आजदेखि देशभरबाट शिक्षकहरू काठमाडौं आइपुगेका छन् ।

विधेयक पास नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी शिक्षकहरूले दिएका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours