कस्ताे रहला आजकाे माैसम ?

२० चैत्र, काठमाडौं । देशका केही भूभागमा आज हिमपात भए पनि वर्षाको सम्भावना भने नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभाव रहेका कारण बादल लागे पनि वर्षा हुन नसकेको हो ।

पश्चिमी र स्थानीय वायुको उच्च प्रभाव भएको खण्डमा भने वर्षाको सम्भावना हुन्छ ।काठमाडौंमा पनि आज वर्षाको सम्भावना छैन । मौसमविद्का अनुसार काठमाडौंका आज अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्यिसको बीचमा रहनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours