भोलिदेखि लिप मोटर टी-०३ को डेलिभरी सुरू हुँदै

१९ चैत, काठमाडौं । लिप मोटरको टी-०३ ह्याचब्याक भोलि (चैत २० गते)देखि डेलिभरी सुरू हुने भएको छ ।

नेपालका लागि लिप मोटर गाडीको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्स प्रालिले बुधबारदेखि औपचारिक रुपमा नयाँ लिपमोटर टी-०३ को डेलिभरी सुरू गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत फागुनदेखि नेपाल बजारमा लिप मोटरको टी-०३ को बिक्री सुरू गरेको थियो । अत्यधिक मात्रामा बुकिङ आएसँगै बुधबारदेखि डेलिभरी सुरू गरिने साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले जानकारी दिए ।

‘यही आइतबारबाट पहिलो चरणको डेलिभरी सुरू भइसकेको छ । बुधबारदेखि औपचारिक डेलिभरी सुरू गर्छौं,’ उनले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई लिपमोटर टी-०३ प्रदान गर्न उत्साहित छौं। यो ईभी कम्प्याक्ट तर फिचरले भरिएको छ ।’

लिप मोटर टी-०३ को बेसर भेरियन्टको मूल्य २८ लाख ९९ हजार रुपैयाँ छ । लिप मोटर टी-०३ मा ३७.३ कलेवाट ब्याट्री रहेको छ, जसको डब्ल्यूएलटीपी रेन्ज अर्बन साइकलमा ३९५ किमी रहेको छ।

लिप मोटर टी-०३ लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टि असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ।

साङ्ग्रिला मोटर्स नेपालका लागि प्यूजो, सिट्रोएन र लिप मोटरको आधिकारिक बिक्रेता हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours