निकै रस्साकस्सीका बीच सरकराले चुडामणि चापागाईंलाई बनायो नेप्सेको सिईओ

१९ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चुडामणि चापागाईं नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको एक मन्त्रीले नोटबजारलाई जानकारी दिए ।

झापाका चापागाईंले लामो समय सानिमा बैंकमा आवद्ध रहेर काम गरेको अनुभव छ भने हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours