घट्यो डिजेल र हवाई इन्धनको मूल्य, पेट्रोल र एलपी ग्यासको मूल्य यथावत

१८ चैत्र, काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्तिेल र हवाई इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोेशनले पेट्रोलबाहेक अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची घटाएर पठाएपछि नेपालमा डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको हो ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ४५ पैसा बढेर आएको छ । यस्तै, डिजेल प्रतिलिटर २.१५ रुपैयाँ घटेर तथा हवाई इन्धन प्रतिलिटर ६.५९ रुपैयाँ घटेर आएको छ । यससँगै, निगमले आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेल/मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ७ रुपैयाँले घटाएको छ ।

यस्तै, निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ५१ अमेरिकी डलरले घटाएको छ । पेट्रोलसहित खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours