१५ चैत, काठमाडौं । म्यानमारमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको छ भने ७३० भन्दा बढी घाइते भएको देशको सैन्य सरकार प्रमुखले बताएका छन्।
स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ बजेतिर म्यानमारको दोस्रो ठूलो सहर मन्डलेनजिकै केन्द्रबिन्दु भएर ७.७ म्याग्निच्युडको भूकम्प गएको हो। यसको केही मिनेटपछि पुन: ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पका कारण धेरैवटा भवन, पुल र बाँध भत्किएका छन्।
+ There are no comments
Add yours