१५ चैत, काठमाडौं । म्यानमारमा शुक्रबार ७.७ रेक्टर स्केलको भुकम्प जाँदा हताहति हुनेको पूर्ण विवरण आइसकेको छैन ।
प्रारम्भिक विवरण अनुसार त्यहाँका ठूला बौद्ध गुम्बाहरु ध्वंशको शिकार भएका छन् । ज्यान गुमाउने र घाइते हुनेको संख्या पूरा आइसकेको छैन । टाउगो सहरमा तीन, तथा अन्यत्र दुई गरी जम्मा ५ को ज्यान गएको पछिल्लो सूचना रोयर्टसले दिएको छ ।
मोगोक र मान्डले क्षेत्रमा रहेका नेपाली भाषी समुदाय अहिलेसम्म सुरक्षित नै रहेको स्थानीयवासीले अनलाइनखबरलाई सूचना दिएका छन् । तर सार्वजनिक सम्पदा र स्कुलमा भने केही क्षति पुगेको छ । हिन्दू मन्दिर र अरु सार्वजनिक सम्पत्ति प्राकृतिक विध्वंशको शिकार बनेका छन् ।
क्षतिको विवरण साँझसम्म आइसक्ने बताइएको छ । म्यानमार भुकम्पको असर छिमेकी थाइल्यान्ड लगायत अन्य क्षेत्रमा पनि परेको छ । बैंकको साततले बिल्डिङ क्षतिग्रस्त भएको छ ।
+ There are no comments
Add yours